

विनोद पाण्डे(कमल)

पूर्व पस्चिम मुख्य लोकमार्ग अन्तरगत स्वर्गद्वारी पुग्न सकिन्छ । दाङ्गको भालुवाङ हुँदै भिंग्री बजारसम्म ६० कि।मि। को यात्रापछि स्वर्गद्वारीको प्रवेशद्वार आइपुग्छ । भिंग्री बजारको १३ कि।मि। को कच्ची बाटो हुँदै स्वर्गद्वारीको खुड्किलासम्म यातायातको सहज व्यवस्था गरिएको छ ।
भिंग्री बजारमा पर्यटन वर्ष २०११ लाई लक्षित गरी नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति प्यूठानद्वारा निर्मित शहिद झपेन्द्र स्मृति प्रवेशद्वारले बाटोबाट नै स्वागत गरेको अनुभव हुन्छ । प्रवेशद्वारको छेउमा राखिएको बोर्डमा स्वर्गद्वारी मन्दिरमा भइरहेको अखण्ड होम तथा पूजाबिधि बारे जानकारी गराइएको छ । प्यूठानको ग्रामीण भेगमा रहेको यो मन्दिर पुरातात्विक हिसाबले निकै नै महत्वपूर्ण छ । धेरै वर्ष अगाडि स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेर यज्ञ गरेको यो पुण्य भूमिमा नेपाल भारत लगायतका विभिन्नठाउँहरुबाट तिर्थालु भक्तजनहरु आएर पूजाआजा गर्ने प्रचलन रहिआएको छ ।

मुल मन्दिर

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ। स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।


मन्दिर परिसर प्रवेश द्वार
स्वर्गद्वारी आश्रम
मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चल प्यूठान जिल्लामा अवस्थित स्वर्गद्वारी तपो भुमी समुन्द्र सतह देहि ७००० फीटको उचाईमा पर्दछ । २६०० रोपनी क्षेत्रफलमा यस आश्रम अवस्थित रहेको छ ।
सत्य यूगमा देवताहरुले यात्रा गरेको तपोभूमिमा रोल्पा जिल्लाको रुम्टी गाँउमा वि।स। १९१६ मा जन्मनुभएका १०८ महाप्रमु बालतपस्वि श्री नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आयपछि वेदका मन्त्रद्वारा अग्नी प्रज्योलित गरी १९५२ बैसाख पूर्णिमा देखि अखण्ड महायज्ञ सुरु गर्नु भएको हो । जुन विश्व शान्तीको लागि संचालीत अखण्ड यज्ञ हाल सम्म निरन्तररुपमा अग्नी वोलीरहेको छ ।

मन्दिर प्रस्थान मार्ग
प्रभुको बाल्यकाल
रुम्टीमा जन्मनु भएका नारायण गौतम आफ्नो छैटीको दिन आमाले मासु आहार गरेको थाहापाई ३ दिन सम्म भोकै बसी दशौ दिन वाट कपिला गाईको दुध सेवन गरी ३ वर्षको उमेर देखि शिवको भक्त हुनुहुन्थ्यो । गाँउको माथी एउटा स्मणीय ओढारमा ५ वर्षको उमेरमा अदृश्य भई ३ वर्ष पछि विद्ववानका रुपमा प्रकट हुनु भएको बताईन्छ । यसरी १९४२ मा गुरु सच्चिदानन्द गिरीबाट सन्यासको दिक्षा प्राप्त गरेपछि उहाँको नाम हंसानन्द गिरी भएको हो । उहाँ आफ्नो गाँउ छाडी चेलाहरु सहित धर्म रक्षाका लागि हिडनु भयो । उहाँ हिडदा हिडदै स्वर्गद्वारी नाम उच्च पर्वतमा पुगेपछि त्यहा“ प्राचिन यज्ञशाला रहेको समतल भूमिमा बाझको बृक्षमुनि आश्रम राखि बस्ने ईच्छा प्रकट गरेर प्राचीन कालमा यस स्थानमा यज्ञ गरेको अवशेषहरु फेला परे पछि त्यस ठाँउमा मन्दीर स्थापना गर्नु भएको आश्रमका गुरुहरु बताउछन

मन्दिर प्रस्थान मध्य मार्गवाट तल हेर्दा
पाँच कुण्ड
आश्रमभित्र गणेश पञ्चाङ, शिव पञ्चाङ्ग, देविपञ्चाङ, सुर्यपञ्चाङ्ग, विष्णुपञ्चाङ्ग गरी ५ कुण्डहरुमा वैदिकविधी पूर्वक दैनिक ३ पटक पुँजा गरिन्छ ।
प्रभुको रथयात्रा
तिहारको औसीका दिन र दशैको फूलपातीका दिन प्रभुको सम्झनामा देश विदेशबाट आएका हजारौ हजार भक्तजनसमेतको उपस्थितीमा प्रभुको रथयात्रा निकाल्ने प्रचलन रहेको छ ।
शिद्धवावाको मन्दिर
आश्रमदेखि माथि पट्टिको डाडामा शिद्धवावाको मन्दिर रहेको छ र त्यसमा महिनाको पहिलो आईतवार पुंजा गर्ने प्रचलन रहेको छ ।
वेद पाठशाला– आश्रम को आम्दानी बाट आ।श्रम भित्रनै वेद पाठशालाको स्थापना गरिएको छ । वेद गुरुद्वारा पढाईने उक्त पाठशालामा हाल २० जना विद्यार्थिहरु अध्ययनरत छन । त्यहाबाट उत्पादन भएका जनशक्तिहरु आश्रमकै लागि तयार गरिन्छ र त्यहा वेद , रुद्री, चण्डी, अग्नि र अमरकोषको अध्यापन गराईन्छ ।

स्वर्गद्वार (गुफा)
व्यबस्थापन स्वर्गद्वारी आश्रम प्यूठानको २६०० रोपानी जग्गा बाहेक दाङ जिल्लाका विभिन्न ठाउमा १०५० विघाह जमिन रहेको बताउछन स्थानियहरु । त्यहाबाट उत्पादन हुने खाद्यान्नबाट स्वर्गद्वारीको दर्शनमा आउने भक्तजनहरु र त्यहा कार्यरत सम्पूर्णलाई पहिले पहिले निशुल्क भोजन र आवासको व्यबस्था गरिदै आएको थियोभने अहिले रु एकसयमा खाना र बस्ने व्यवस्था आश्रमले मिलाउदै आएको छ । सम्पूर्ण व्यबस्थापन हेर्ने एक जना व्यबस्थापक र स्टोर हेर्न एक जना भण्डारेको व्यबस्था छ । आउने भक्तजनहरुलाई प्रसादीको छुट्टै व्यबस्था आश्रमले गर्दै आएको छ । यसको मुख्य कार्यालय, त्रिभुवन नगरपालीका वडा नं। ११ को झीगौरामा रहेको छ भने प्यूठानको स्वर्गद्वारी र दाङ जिल्लाकै देउखुरी चौलाही पहाडमा पनि कार्यालय रहेको छ ।

मन्दिर परिसर क्षेत्र
मुख्य मेला लाग्ने दिन
आश्रममा मुख्य मेला बैषाख पुर्णीमा, जेष्ठ, भाद्र, कार्तिक र माघे सक्रान्तिमा लाग्ने गर्दछ र यहाका मुख्य तिर्थयात्रीहरु भारतका उत्तर प्रदेश र विहारक्षेत्रका रहेका छन भने नेपालका आन्तरीक तिर्थयात्रीहरु रहेका छन ।
स्वर्गद्वारीमा कसरी पुग्ने
पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङ देखि प्यूठान जिल्लाको भिग्री सम्म कालोपत्रे सडक रहेको र भिंग्री देखि १४ किमी कच्ची ग्रामीण सडक ९जहा बाह्रै महिना यातायात संचालन गर्न सकिन्न्छ छ ।

