Aamsanchar

सुन्दर भविष्यका लागि सही नेतृत्व

Author Image
शनिवार, वैशाख ३०, २०७४

(नरेन्द्र ढकाल) 
नेपाल प्राकृतिक रुपमा जति सुन्दर मुलुक ठहरिन्छ राजनीतिक हिसाबमा त्यति नै असक्षम र अयोग्य पनि सावित हुँदै गएको छ । राजनीतिलाई कमाई खाने भाँडो सम्झनेहरुको जमात बढ्दै गएको छ यो पक्कै पनि शुभ संकेत भने होइन । हामी नेपाली भाषा, धर्म, संस्कृतिमा, जात–जाति लगायत धेरै कुराले विविधता बोकेका छौं । हिमालमा बस्ने हिमाली दाइले तराईमा मधेसमा बस्ने मधेसी दाजुभाइलाई गर्ने सम्मान र संस्कार हामी नेपालीले भुलेका छैनौं । तराईका दाजुभाइ हिमाल तथा पहाडका दाजुभाइले गर्ने सम्मानले पनि हामी नेपाली हुँनुको गौरवलाई बढाएको छ । तर, हामीभित्रको एकता र एकताभित्रको विविधता पछिल्लो समय धमिलो हँुदैछ ।
तराईका दाजुभाइले हिमाल र पहाडका दाजुभाइलाई गाली गर्ने र हिमाल तथा पहाडका दाजुभाइले तराईका दाजुभाइलाई रंग र भाषा तथा जातको आधारमा गाली गर्ने प्रवृत्ति बढ्दै गएको छ । यो हामी र हाम्रा सन्ततीका निम्ति हाम्रो काम होइन् । तर, यो के कारणले हुँदैछ हामी नेपाली नेपालीबीच किन भीडन्तको अवस्था आउँदैछ भन्ने विषयमा हामी सबैले एकपटक सोच्न जरुरी छ । हामी नेपालीले आशा र भरोसा गरेको तथा भोलीको दिनको सुखद् शुरुवातको प्रतिक्षामा रहेर राजनीतिक दलहरुलाई गरेको विश्वास पछिल्लो समय सबैभन्दा खतरनाक बन्दै गएको छ ।
१०४ वर्ष लामो जहानीयाँ राणा शासन तथा त्यसपछि झेल्नु परेको राजतन्त्रले हैरान भएका नेपाली जनताले स्वतन्त्रताका संर्घष निकै पटक गर्नुप¥यो । जुन विषय इतिहासमा दर्ज भएका छन् । जनताले चाहेको राज्य व्यवस्था आयो भनिए पनि त्यो व्यवस्था एकतन्त्रीय व्यवस्थाभन्दा फरक पट्कै छैन् । जुन जनताले चाहेको व्यवस्था होइन । जनताले चाहेका थिए स्वतन्त्रता, शान्ति, विकास, अमनचयन र समृद्ध मुलुक तर पछिल्लो समय हो कुनै पनि कुरा जनताले पाउन सकेका छैन ।
जनताले चाहेको व्यवस्था लोकतान्त्रिक गणतन्त्र भनिए पनि नेताहरुको काम गर्ने शैली, भाषा, संस्कार, कर्मचारीको ठगाहा प्रवृत्ति, घुसखोरी, दण्डहिनता र राजनीतिक चाकडीले मुलुक झन्–झन् अस्थिरतातर्फ जाँदै गएको भान हुन थालेको छ । पहिलो संविधानसभा असफल भए पनि दोस्रो संविधानसभा मार्फत संविधान लेख्ने काम भएर जारी त भयो तर कार्यान्वयनको पाटो हेर्ने हो भने एक पाइला पनि अगाडि बढ्न सकेको छैन । सिंहदरवारको सुविधा जनताको घर–घर मा भने पनि त्यो व्यवहारमा लागू हुन हाम्रो पुस्तापछि मात्रै सम्भव हुन्छ होला भन्नेहरुको पनि कमी छैन । संविधान बनाउन जति सरल छ कार्यान्वयन गर्न त्यति नै गाह्रो छ भन्ने कुरा नेताहरुले नबुझ्दा आज एक नेपालीले अर्को नेपालीलाई तुच्छ शब्दले गाली गर्दा प्रष्ट देख्न सकिन्छ ।
वर्षौंदेखि मिलेर बसेका हामी नेपाली आज कोही मधेसी कोही पहाडे अन्य के–के हो के । आखिर हामी पहिला त नेपाली हौं भन्ने कुरा सोच्ने कि नसोच्ने ? हामी राजनीतिक दलकै पछि लागेर राज्यमा कहिलेसम्म वितण्डता मच्चाउने ? एकपटक देशमा लागि माया गर्ने नेपालीले गम्भीर भएर सोच्न आवश्यक छ । हाम्रो संविधान बनेर कार्यान्वयन भइसक्दा धेरै मुलुकले चलखेल गर्ने बाटो बन्द हुन्छ । त्यसैले केही देशले नेपालको स्थिरता चाहँदैनन् । यहाँ डलरको खेती तथा विभिन्न सामानको प्रयोग गरेर प्रयोगशाला बनाउन उनीहरुले पाउँदैनन् त्यो हुने भएकाले पनि नेपालको संविधानमा यो भएन त्यो भयो त्यसो गर र यसो गर भन्ने कुराहरु आइरहेका छन् । तर, विडम्बना हाम्रो खाएर पनि विदेशी प्रभुसामु लम्पसार पर्ने हाम्रा नेताहरुले नेपाली नेपालीबीच विदेशको इसारामा लडाइरहेका छन् । अनि हामी नेपाली पनि लडिरहेका छौं । यसले कसलाई फाइदा पुग्दैछ भन्ने विषयमा हामीले कहिल्यै सोच्ने गरेका छौं ?
प्रकृतिको यो सुन्दर अनुपम उपहार यो देशमा बस्ने हामी नेपाली अब कहिलेसम्म जात र भाषाको आधारमा एकले अर्कोको खेदो गर्ने ? त्यसैले हामीलाई स्वच्छ छवि भएको र इमान्दार नेतृत्वको आवश्यक छ । त्यसैले स्थानीय तहको निर्वाचनमा दल विशेष होइन व्यक्ति विशेषलाई रोजेर मतदान गरौं र हाम्रो देशलाई समृद्ध र शक्तिशाली मुलुकको रुपमा विश्वसामु चिनाउन आजैबाट एकजुट भएर लागौं । नेपाल रहेमा मात्रै हामी नेपाली भन्न पाउनेछौं । त्यसले भोलिको सुन्दर भविष्यका लागि आजैबाट सही र सत्यताको पक्षमा एकजुट हौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर