

शुन्दर लक्ष्मीपुर नाम दिईएको ठाउमा कुरुप बनेको शालीक परिसर सफाईमा जुटेका स्थानिय युवाहरु ।
झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा विगत २ बर्षदेखि शुन्दर लक्ष्मीपुर बनाउने अभियानमा शुन्दर लक्ष्मीपुर व्यस्थापन समिति नामक संस्था स्थापना भएको छ । तर संस्थाले अपेक्षा अनुरुपको कामगर्न भने सकेको छैन । स्थापनाको लामो समय दुईबर्ष सम्म पनि लक्ष्मीपुर शुन्दर देखिने खालको काम गर्न नसकेको अवस्थालाई निहाली रहेका केही स्थानिय युवाहरुले आईतबार प्रशिद्ध साहित्यकार तथा गीतकार हरिभक्त कटुवालको शालीक परिसरमा गरेको सफाईकार्य तारिफ योग्य बनेको छ ।
तर पहिले पनि धेरै पटक स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधी हरुले शालिक परिसर सरसफाई गर्ने गरेको भएपनि कुनैपनि संस्थाले दिर्घकालिन रुपमा सफाई र व्यवस्थापलाई निरन्तरता दिन नसक्ता शालिक परिसरमा फोहोरको समस्या जिउकातिउ हुदै आएको छ ।
बैशाख ३१ गते कनकाई नगर लक्ष्मीपुरका प्रसान्त गिरीको नेतृत्वमा सफाई कार्यमा जुटेका युवाहरुको यो सामाजिक कार्यले शुन्दर लक्ष्मीपुर बनाउनेअभियानलाई केहीहद सम्म भएपनि सार्थक बनाउन सहयोग पुगेको छ । तर पहिलेका संघ संस्थाले झै एक दिन सफाई गर्ने अनि अरुवेला कुनै मतलव नराख्ने हो भने यो पटकको सफाईले शुन्दर लक्ष्मीपुर अभियानकालागि खासै महत्व राख्दैन । तस्वीर: आमसंचार
Views: 153

