काभ्रे :

काभ्रेको नमोबुद्धमा गोली लागी माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या भएको छ । शनिबार राती साढे १० बजे गाेली लागेर माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नबराज पाठकको हत्या भएको हो । निर्वाचनको ९ घण्टा अगाडि भएको घटनाले मतदाता सुरक्षाको चिन्तामा परेका छन् ।

नेकपा माओवादी नमोबुद्वका सहइन्चार्ज हरि तिमल्सिनाले सशस्त्र प्रहरीले हत्या गरेको दाबी गर्नुभयो । उहाँले माओवादीको जित सुनिश्चित देखेर विरोधीले गोली चलाएको उहाँको भनाई छ ।
पाठकको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । स्थानीयहरुले सशस्त्र प्रहरीले चलाएको गोलिबाट मृत्यु भएको बताएपनि प्रहरी प्रशासनले भने त्यसलाई स्वीकारेकाे छैन । घटना बारे अनुसन्धान भरहेको साहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताउनुभयो । कसले र किन गोली चलायो भन्नेबारे अनुसन्धान भइरहेको उहाँको भनाई छ ।-अन्नपूर्णबाट


