Aamsanchar

६ लाख ८० हजार घुससहित नापीका कर्मचारी दमकबाट पक्राउ

Author Image
सोमवार, जेठ १, २०७४

दमक :

नापी कार्यालय दमकका एक कर्मचारी सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट ६ लाख ८० हजार घुस लिँदा लिँदै नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डललाई पक्राउ गरेको हो।

उनले सेवाग्राहीको ३० हजारमा हुने कामका लागि ६ लाख ८० रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका डिएसपी रमेश बस्नेतले बताए।

उनले भने, ‘एक सेवाग्राहीको काम गर्ने भन्दै उनले उक्त घुस लिँदै रहेछन्, हाम्रो टोली गएर उनलाई नियन्त्रणमा लिएका हौैं अब आवश्यक कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गछौं।’ मण्डललाई सोमबार दिउँसोको अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो। उनले दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिएको अख्तियारको दाबी छ।

पछिल्लो समय नापी मालपोतलगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायमा घुस लिनेको संख्या बढेको भन्दै अख्तियारले निगरानी बढाएको बताएको छ।-थाहाखबरबाट

Views: 136

प्रतिक्रिया (०)