Aamsanchar

काठमाडौं महानगरको मेयरमा कांग्रेस र एमालेको चर्को प्रतिस्पर्धा (अपडेट)

Author Image
मङ्गलवार, जेठ २, २०७४

काठमाडौं ,

काठमाडौं मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेको चर्को प्रतिस्पर्धा जारी छ।

पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यले ६ सय २३ मत ल्याउनु भएको छ।

नेपाली कांग्रेसका राजुराज जोशीले ५ सय ९३ मत ल्याउनु भएको छ। साझा पार्टीका किशोर थापाले २ सय ३३ मत ल्याउनु भएको छ भने विवेकशील नेपालीकी रञ्जु दर्शनाले २ सय ३३ मत ल्याउनु भएको छ।

कांग्रेसकी उपमेयर उम्मेदवार प्रभा खड्की श्रेष्ठले ४ सय २९ मत ल्याउनु भएको छ भने एमाले र राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले २ सय १४ मत ल्याउनु भएको छ।

माओवादीका मेयर उम्मेदवार सर्वोत्तम डंगोलले १९ मत मात्र ल्याउनु भएको छ।-अन्नपूर्णबाट

Views: 147

प्रतिक्रिया (०)