काठमाडौं,

चुनावका कारण रोकिएको कक्षा ११ को बार्षिक परीक्षा असार ८ गतेदेखि सञ्चालन हुने भएको छ ।बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले असार ८ देखि १८ गतेसम्म परीक्षा शुरु गर्ने निर्णय गरेको बोर्डका सदस्यसचिव डिल्ली रिमालले जानकारी दिनुभयो ।

यसअघि स्थानीय तहको चुनावका कारण असार १ गतेबाट शुरु हुने परीक्षा रोकिएको थियो । कक्षा १२ को परीक्षा भने बैशाख २२ गते नै सम्पन्न भइसकेको थियो ।

परीक्षा तालिका हेर्न यहाँ जानुहोस् 11 class
http://aamsanchar.com/wp-content/uploads/2017/05/11-class.pdf
Views: 196

