Aamsanchar

शान्तिनगर समायोजन मात्र भएको हो, विलीन होइन !

Author Image
शुक्रवार, जेठ ५, २०७४

[सुरेश खतिवडा]

करिब दुई दशकपछि या भनौं स्थानीय निकाय स्थानीय तहमा रूपान्तरित भएपछि भनौं या स्थानीय तहको पुनर्संचनापछि जे भने पनि हामी ‘हाम्रा’ नभई ‘राम्रा’ नेतृत्व चयन गर्ने अन्तिम समयमा आइसकेका छौं । एकै चरण या चरण–चरणभन्दा भन्दै दुई चरणको सहमतिमा आयोगले ७३ प्रतिशत मतदान सहितको पहिलो चरण सफल भएको घोषणा नै गरिसकेको छ ।

प्रदेश नं. ३, ४ र ६ ले समेट्ने ३४ जिल्लाका केही केन्द्रहरू बाहेककका सबै गाउँपालिका, नगरपालिका र महानगरपालिकाको मतदान सम्पन्न भए भने मत परिणाम समेत आउन थालिसकेका छन् । अब केही घण्टामा सबै परिणाम सार्वजनिक हुने नै छन् । यो पहिलो चरणको निर्वाचनकै दोस्रो चरणलाई खासै प्रभाव नपार्ने भनिए तापनि पक्कै पनि दलहरूलाई यसको परिणामले आफ्नो रणनीतिहरू बदलेर अगाडि बढ्न सुझाउने छ । जबरजस्ती हैन मनोभावना बुझेर नेतृत्वले निर्देशन दिनु पर्दछ । निर्देशन लाद्ने होइन सुझाव लिएर निर्देशन दिनु पर्दछ भने पाठ पक्कै सिकाएको हुनुपर्ने छ । कांग्रेस एमाले, माओवादी या राजतन्त्रको वकालत गर्ने वा भ्रष्टाचार विरोधी दलहरू सबैलाई म कति सक्षम हैन मेरो के कस्ता कमी कमजाोरी रहेछ भनी आत्मालोचना गर्न लगाउन थालिसकेको छ यी मत परिणामहरूले !
अब ठीक २८ दिनपछि दोस्रो चरणको निर्वाचन हुन गइसकेको छ । अनेक शंका उपशंका र नैरास्यतालाई चिर्दै यो सफल पहिलो चरणले बाँकी प्रदेशका मतदाताहरूलाई उत्साहित तुल्याएको छ । फेसबुक, ट्युटर जस्ता सामाजिक संजालहरूका भित्ताहरूमा छिनछिनमै आदर्श र आफ्ना दलप्रति आकर्षित गर्ने प्रकृतिका पोष्टहरूले भरिने र परिवर्तन हुने क्रम तीव्र छ । नाता सम्बन्ध बिर्सर्दै परिवारलाई समेत गाली दिने, परिवार नै उठाइदिने जस्ता उच्छृङ्खल र अभद्र स्ट्याटस्हरू र आलोचनाहरू देख्न थालिएका छन् । कतिपय उत्साह स्वरूप गरिएका पोष्टहरू हुन्छन् भने कति नियोजित र प्रायोजित ! त्यसकारण सबैले संवेदनशील भएर ग्रहण गर्नुपर्दछ र धेरै भए कानुनी उपचार न कि आवेश र उत्तेजनामा ।
प्रसग यो झापाको उत्तर पर्व गाउँपालिकासग जोडौ चुनावी रौनक बढेसँगै महत्वपूर्ण र फरक भौगोलिक धरातल भएर पनि एक अर्कामा समाहित हुन पुगेको साविक शान्तिनगर र बुधबारे गाउँ विकास समितिहरूका जनताहरू अहिले बुद्धशान्ति गाउँँपालिका भएपछि कतापट्टिबाट नेतृत्व गर्न दिने भन्नेमा छलफलमा व्यस्त छन् । कुनै गाउँ, टोल नै पुरै उत्साहित र हर्षित बन्दै आफ्नो गाउँपालिकाको नेतृत्व शान्तिनगरका असल, कुशल र क्षमतावानले नै गरेमा बुद्धशान्तिको विकास र समृद्धिमा एकरूपता आउँछ भन्नेमा विश्वस्त छन् भने कोही आफ्नै मात्र दबदबा राख्न चाहनेहरू अन्तरपाटी समन्वय समेत गरी सबै तह र पदमा शान्तिनगर क्षेत्र बाहेकबाट नेतृत्व र महत्वपूर्ण पदहरू हत्याउन लालायित छन् । भ’मीहीन र सकनबासीका समस्याहरु साथै नदी कटान,भउत्खनन् र बन फडानीका समस्याले पिरोलिएका हामी शान्तिनगरबासी आफ्नो पहिचान र अस्तित्वमा बाँचीरहेका छौं ।

हाम्रा नगदेबालीहरू बाहिरकालाई आम्दानीका स्रोतहरू भएका छन् । भहाम्रा मजदुरी र परिश्रम हामीभन्दा फरक भूगोलकालाई सस्तो भएको छ । हाम्रा पर्यटकीय स्थल र प्राकृतिक स्रोतहरू राजनीतिक नेतृत्वलाई मागीखाने भाँडो साविक भएको छ । नदीनालाका प्राकृतिक स्रोतहरू ढुङ्गा, माटो, बालुवा इत्यादि छिमेकी सहर निर्माणका सामग्री बनेका छन् । तथापि हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन । त्यसैले हामी शान्तिनगरबासीले सम्मान स्वरूप निर्णय गने अधिकार अरूलाई दिँदा अल्पमतमा पर्ने सम्भावना बढ्दै गएको छ । पछाडि पारिने सम्भावना बढीरहेको देखिँदैछ ।
राजनीतिक भागवण्डाको इतिहास हेर्दा होस् अथवा पिछडिएका लोपोन्मुख, दलित, महिला, आदिवासी इत्यादिको नाराले उठाएको मर्मलाई बुझ्दा हो यी समूहको उत्थान, विकास र समृद्धिका यिनीहरूलाई नेतृत्वमा पु¥याउने कार्य गरिन्छ । ताकी उसका पीडा, समस्या वेदनाहरू उसले बुझेर आफ्ना लागि पनि केही सहज हुने वातावरण बनाओस् ।
पुनर्संरचित ढाँचामा साविक शान्तिनगर–३ (ऐयाबारी), ४ (पानीघट्टा), ५ (गढीगाउँ, गढीचौर), १ (मंगलबारे, आइतबारे)लाई बुधबारेसँग मिसिनु पर्ने कुनै बाध्यता थिएन तर। उसले आफ्नो पहिचान बुद्धशान्तिमै रहेको महसुस गर्दै विकास निर्माणमा समान सहभागिता, नेतृत्वमा काँधमा काँध मिलाउने आश र प्रतिबद्धताका दवैका साथ आएको हो । त्यसताका सबै दलहरू एक भएर अगाडि बढ्े तापनि स्थानीय निर्वाचनको मुखमै प्रमुख पदहरूमा सबै दलले शान्तिनगर बाहेकका क्षेत्रहरूलाई नै टिकट दिने हल्लाले साविक शान्तिनगर बासीको मन खल्लो बनाउन थालेको छ । आफ्ना मुद्दाहरू ओझेलमा पर्ने, शिक्षा, रोजगारी, स्वास्थ्य, सकनबासी समस्या, विकास निर्माण आदिमा पछाडि पर्ने हो कि भन्नेमा स्थानीयबासी त्रसित देखिन्छन् ।
आफू समायोजनमा गएका तर विलीन हुन गएका होइनौं, पुनर्संरचनालाई सघाउन सबैले स्वीकार गरेका हौं तर आत्मसमर्पण हैन भन्ने नाराहरू शान्तिनगरबासीले उठाउन थालेका छन् । जुन सत्य पनि हो । सबै दलका स्थानीय कार्यकर्ताहरू यदि अन्य पार्टीसँगै तालमेल र सहकार्य नै गर्ने हो भने आफ्नो क्षेत्रको समस्यालाई दलहरुको आफ्नो स्वार्थले क’ल्चने छ भन्नेमा शन्तिनगरबासी संसकतिक छन् । त्यसैले शान्तिनथरको हित चाहाने बृद्धिजिविहरु पनि साविक शान्तिनगरबासीको मन जित्ने खालको उमेद्वारलाई छनौट गरिनु पर्दछ भनी जुर्मुराउन थालेका छन् । हामी कुनै दल विशेषको जितभन्दा पनि शान्तिनगरको सहभागिता चाहन्छौं भन्नेमा सबै एकमत देखिएका छन् ।

शान्तिनगरबासीलाई समायोजनताका दिएका प्रतिबद्धताहरू पूरा गर्न र समान रूपमा केन्द्र बनेर शिक्षा, स्वास्थ्य, निर्माण पुननिर्माण इतयादिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहन्छौं भन्नेमा स्थानियहरु प््रतिबृत छन् । शान्तिनगरबासीहरू नेतृत्व तहमा कसैगरी शािन्तनगरलाई उभ्याइदिन सम्पूर्ण प्रमुख दलहरूलाई आग्रह गर्दछन् । जुन हाम्रा लागि मात्र नभई समग्र बुद्धशान्ति गाउँपालिकाको उदाहरण दिँदै सबैले अनुशरण गर्न योग्य बनोस् । बृद्धशान्तिमा । विकाश, निर्माण र समृद्धिमा प्रयोग ह’ने शब्दहरु समानपातीक, समाबेशीता, सहभागिता, समानता र समताको अर्थपण रहोस् जन राजनितीकर्महरुको बोलिबाट टोल टोलमा अब दोश्रो मैन अवधी अगाडिसम्म प्रयोग भइरहने छन् ।

बुद्धशान्ति गाउँपालिका–५,

sureshkhatiwada112@ gmail.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)