Aamsanchar

क्याम्ब्रिज र आइइटी भदल क्याम्पसबीच सम्झौता

Author Image
आइतवार, जेठ ७, २०७४

बिर्तामोड।

उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीलाई लक्षित गर्दै क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी र भारत चण्डीगढको आइइटी भदल टेक्निकल क्याम्पसबीच शैक्षिक सम्झौता भएको छ ।
एसईई र मावि तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई प्राविधिक विषयमा अध्ययन गर्न सहज वातावरण बनाउने उद्देश्यले ती दुई संस्थाबीच सम्झौता गरिएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक शिशिर सिंखडाले जानकारी दिए ।
आइइटी भदल टेक्निकल क्याम्पसका संस्थापक श्रीमती कूलमिन्दर गुरुचरण सिंह, क्याम्पसका इन्टरनेशनल मार्केटिङ म्यानेजर पंकज काजला र क्याम्ब्रिज इन्स्टिच्युटका पूर्वाञ्चल प्रमुख निश्चल सिंखडा, निशान सिंखडाबीच शैक्षिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
उक्त क्याम्पसले नेपालको त्रिभुवन विश्वविद्यालय र नेपाल इञ्जिनियरिङ काउन्सिलबाट समेत मान्यता प्राप्त भएकोले त्यहाँ क्याब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी मार्फत् जाने विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृत्तिसहित भर्ना गरिने बताइएको छ । उक्त क्याम्पसमा ब्याचलर र माष्टर्स तहका इञ्जिनियरिङ, म्यानेजमेण्ट, होटल मेनेजेमेण्ट, कम्प्युटर एप्लिकेशन, एग्रिकल्चर, आर्किटेक्चर जस्ता प्राविधिक विषयमा अध्यापन हुने बताइएको छ ।

भदल टेक्निकल क्याम्पस आइएसओ मान्यता प्राप्त कलेज भएकोले क्यानाडाको विश्वविद्यालयसँग सहकार्य गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताइएको छ ।
सन् १९९८ मा स्थापना भएको यो कलेजबाट अहिलेसम्म १५ हजार बढी विद्यार्थी उत्तीर्ण भइसकेको र हालै कलेजबाट उत्तीर्ण भएका १६ विद्यार्थीले विश्वकै उत्कृष्ट कम्पनी अमाजोन र इनभेष्टर क्लिनिकमा रोजगारी पाउन सफल भएको इन्टरनेशनल मार्केटिङ म्यानेजर पंकज काजलाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर