Aamsanchar

निर्वाचन आयोगलाई धन्यवाद

Author Image
आइतवार, जेठ ७, २०७४

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोग र निर्वाचनमा संलग्न सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ मैनालीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूसँग गर्नुभएको भेटमा प्रधानमन्त्री दाहालले धन्यवाद व्यक्त गर्नुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

उक्त अवसरमा यही जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराइएको थियो । भेटमा वैशाख ३१ गते पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षासमेत भएको थियो । डा यादवले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित तवरले सञ्चालन गर्न सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर