Aamsanchar

विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध

Author Image
आइतवार, जेठ ७, २०७४

काठमाडौं ।

स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले एक विद्यालयमा एक नर्सको अवधारणा लागू गर्न शिक्षा मन्त्रालय, प्याब्सन, एन प्याब्सन लगायत सरोकारवाला निकायसँग छलफल गरिसकेको छ । मन्त्रालयले प्याब्सन तथा एन प्याब्सनसँग सम्झौता नै गरिसकेको जनाएको छ । सम्झौतामा विद्यार्थीको उपचारका लागि नर्स राख्ने व्यवस्था मात्रै छैन, विद्यार्थीको समग्र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ ।

त्यस अनुसार, निजी विद्यालयको हाताभित्र अबदेखि जंक फुड, गुलियो पेयपदार्थ पूर्णरुपमा निषेध गरिनेछ । विद्यालयमा नर्स राख्ने अवधारणाबारे शिक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको र त्यहाँबाट प्रक्रिया अगाडि बढेसँगै कार्यान्वयनमा जाने स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए ।

शिक्षा मन्त्रालयको नीतिमा पनि विद्यालयमा नर्स राख्नुपर्ने व्यवस्था छ । यो नीति लागू भएसँगै सबै तहका विद्यालयहरुले एक जना नर्स अनिवार्य राख्नैपर्नेछ ।अनलाइनखबर

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर