चितवन :

भरतपुर महानगरपालिकाको वडा नं.११ को ६ हजार ६०० मत गणना हुँदा एमालेका उम्मेदवार देवी ज्ञवाली झण्डै २३ सय मतले अगाडि छन्। ।

वडाको सात सय मत गन्न बाँकी रहँदा ज्ञवालीले २१ हजार ८१७ मत ल्याएका छन्। माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी रेणु दाहाल (माओवादी केन्द्र) १९ हजार ५४५ मतसहित पछ्याइरहेकी छिन्। उपप्रमुखतर्फ कांग्रेस र माओवादी केन्द्र गठबन्धनकी पार्वती शाह (कांग्रेस) ले २२ हजार ३८६ मत ल्याएकी छिन्।
उनकी प्रतिद्वन्द्वी एमाले दिव्या आचार्यले १९ हजार ३५१ मत प्राप्त गरेकी छिन्।

Views: 131

