Aamsanchar

सरकारले पूर्ण बजेट ल्याउनु नहुने माग

Author Image
सोमवार, जेठ ८, २०७४

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नु आगाडि सरकारले पूर्ण बजेट ल्याउनु नहुनेमा जोड दिएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज सम्पन्न बैठकले सरकारले लोकप्रियताका लागि पूर्ण बजेट ल्याएमा त्यसले चुनाव प्रभावित हुने निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यालय धूमबाराहीमा बसेको बैठकले दोस्रो चरणको चुनाव गर्न बाँकी ४१ जिल्लामा जिल्लास्तरीय भेला गर्ने र उच्च मनोबलका साथ चुनावमा सहभागी हुने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकले गत वैशाख ३१ गते भएको चुनावका क्रममा कालीकोटमा सरकारका तर्फबाट मारिएका आफ्नो पार्टीका वडाध्यक्षका उम्मेदवार धनरुप बडुवाललाई सहिद घोषणा गर्न माग गरेको छ ।

स्थानीय तह निर्वाचनको समग्र समीक्षाका लागि बैठकले पार्टीका महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर