काठमाडौँ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
प्रेस काउन्सिल नेपालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न सञ्चार माध्यममा निर्वाचन आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन÷प्रशारण भएको पाइएको जनाएको छ ।
आज यहाँ काउन्सिलले प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचनका समयमा १२७ सञ्चारमाध्यमका २०५ वटा सामग्री आचारसहिंता विपरीत पाइएको जनाएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
सतसठ्ठी छापामाध्यममा प्रकाशित ११५ सामग्री, ४९ अनलाइनमा प्रकाशित÷प्रसारित ६५ सामग्री, छ वटा टेलिभिजनबाट प्रसारित १३ सामग्री, पाँच वटा रेडियोका १२ सामग्रीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको काउन्सिलका मुख्यअधिकृत झवीन्द्र भुसालले बताउनुभयो ।
काउन्सिलले गत वैशाख १५ गतेदेखि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समिति गठन गरी विभिन्न सञ्चारमाध्यमको अनगुमगन गरेको थियो ।
मुख्य अधिकृत भुसालले सञ्चारमाध्ययमले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेको पाइएको जानकारी गराउनुभयो । काउन्सिलले निर्वाचनको मौन समयावधि अघि, मौनसमयावधि र निर्वाचनपश्चातको अवधिको अनगुमन गरेको थियो ।