Aamsanchar

वारिसे अवस्थामा दुई शव फेला

Author Image
सोमवार, जेठ ८, २०७४

धनकुटा ।

धनकुटा नगरपालिकाको छुट्टाछट्टै स्थानमा आज बेवारिसे अवस्थामा दुई शव फेला परेका छन् । धनकुटा नगरपालिका–२ भिरगाउँमा अन्दाजी ३५ वर्षीय एक युवाको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बेवारिसे अवस्थामा फेला परेको शवको नाम वतन खुल्न सकेको छैन ।  यसैगरी धनकुटा नगरपालिका–१० मूलघाटका ३९ वर्षीय लोकबहादुर कार्की साँगुरीगढी गाउँपालिकास्थित तमोर नदी किनारामा मृतअवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएका कार्की गत जेठ ३ गतेदेखि घर छोडेर हिँडेका परिवारको भनाइ रहेको प्रहरीले जनाएको छ ।  दुवै शव परीक्षणका लागि जिल्ला अस्पतालमा पु¥याएको र यसवारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर