Aamsanchar

खुलेआम कुखुराका चल्ला भित्रिँदै

Author Image
मङ्गलवार, जेठ ९, २०७४

बिर्तामोड।

नेपालमा पटक–पटक वर्डफ्लुको संक्रमण फेला परेपछि कुखुरा र कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको छ ।
झापामा पहिलोपटक २०६३ सालमा वर्डफ्लु फेला परेको थियो । झापामा देखिएको वर्डफ्लु नेपालका विभिन्न जिल्लामा देखापरेपछि सरकारले भारतीय बजारबाट कुखुरा र कुखुराजन्य वस्तु आयातमा प्रतिवन्ध लगाएको हो । सरकारले कुखुराजन्य वस्तु आयात निर्यातमा कडाइ गरे पनि पछिल्लो समय खुल्ला सीमानाका कारण झापाका विभिन्न गाउँ तथा बजारमा भारतीय प्रतिवन्धित कुखुराका चल्ला दिनहुँ भित्रिने गरेको छ । २०६३ सालमा झापाको मेचीनगर नगरपालिका–१० निवासी रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि कुखुरामा वर्डफ्लुको परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा वर्डफ्लु भएको पुष्टि भएपछि कुखुरा तथा हाँस नष्ट गरिएको थियो । सरकारले कुखुराजन्य वस्तु आयातमा कडाइ गरे पनि अहिले झापाका मुख्य बजारमा खुलेआम कुखुराको चल्ला भित्रिरहेको छ । झापाको काँकरभिट्टा, धुलावारी, चारआली, बिर्तामोड, भद्रपुर, दमक जस्ता ठूला बजारमा खुलेआम ती कुखुराका चल्ला बिक्री वितरण भइरहेको छ ।
झापाको कुमरखोद, महाभारा, टाघनडुब्बा, गौरीगञ्ज, मेचीनगर, भद्रपुर, सतीघट्टा लगायतका स्थानबाट बढी कुखुराका चल्ला भित्रिने गरेको बताइएको छ ।
प्रहरीले छिटफुट मात्रामा कुखुराका चल्ला पक्रिने गरेको भए पनि ठूलो परिमाणमा भित्रिएका कुखुरा र पन्छीजन्य वस्तु खुलेआम भित्रिँदै आएको छ । पशु क्वारेन्टाइनका अगाडिबाट कुखुराका चल्ला भित्रिने गरे पनि क्वारेन्टाइन देखेको नदेखेझैं गरिरहेको छ । आयातकर्ताले पछिल्लो समय झापाको अर्जुनधारा नगरपालिका, झापा गाउँपालिका, बिर्तामोडका विभिन्न कुखुरा फर्ममा भारतबाट आयातित कुखुरा दिने गरेको छ ।
गाउँदेखि शहरसम्म व्यवसायिक रुपमा व्रोइलर कुखुरा पाल्ने कृषकको संख्या बढेपछि भारतीय चल्ला अहिले खुलेआम भित्रिने गरेको छ । कुखुरा र पन्छी जन्य वस्तुमा वर्डफ्लु भेटिएपछि सरकारले वर्डफ्लु नियन्त्रणका लागि करोडौं रुपैयाँ खर्च गरे पनि स्थानीयस्तरबाट सहयोग नगर्दा अझै पनि वर्डफ्लुको जोखिम उच्च रहेको सरोकरवालाले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर