Aamsanchar

‘ओसे’ को विमोचन

Author Image
मङ्गलवार, जेठ ९, २०७४

बिर्तामोड,

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सूर्यप्रकाश अधिकारीद्वारा लिखित कविता संग्रह आमाको स्मृतिपटलमा ‘ओसे’को विमोचन गरिएको छ ।

सूर्यप्रकाश अधिकारीद्वारा लिखित आमाको स्मृतिपटलमा ‘ओसे’ को साहित्यकार कोमलप्रसाद पोखरेलले विमोचन गरेका थिए ।
भीमकुमारी घिमिरेको अध्यक्षता तथा साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखक सूर्यप्रकाश अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा साहित्यकार रोहिणीविलास लुइँटेल, डा. पुण्यप्रसाद सिग्देल लगायतले बोलेका थिए ।
कार्यक्रममा विमोचित कृतिमाथि मोहन घिमिरेले समिक्षा गरेका थिए भने मातृका संग्रौलाले ओसेकै वर्णन गरेर लेखिएको गीत प्रस्तुत गरेका थिए । ताप्लेजुङको ओसेलाई कर्मथलो बनाएकी आमाले झापा आएदेखि मर्ने बेलासम्म पनि ओसे जाने मन गर्दागर्दै निधन भएपछि उक्त कृति लेखिएको लेखक अधिकारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर