Aamsanchar

वैज्ञानिक वन व्यवस्थापनप्रति असन्तुष्टि

Author Image
मङ्गलवार, जेठ ९, २०७४

डोटी ।

यहाँ थालिएको वैज्ञानिक वन व्यवस्थापनप्रति जिल्लाका राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् ।  जिल्ला वन कार्यालयले थालेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम समयानुकूल प्रभावकारी हुने देखिए तापनि केही सुक्ष्म अध्ययन र त्रुटिका कारण यहाँका राजनीतिक दलले असन्तुष्टि देखाएका हुन् ।

वन ठेकेदारका हातमा हुने र उनीहरुले मनपरी ढङ्गले जङ्गलमा रहेको काठलाई ओसारप्रसार गर्ने गरेका कारण वैज्ञानिक वन व्यवस्थापन प्रभावकारी बन्न नसकेको नेपाली काँग्रेसका जिल्ला सभापति प्रदीप देउवा बताउनुहुन्छ ।  त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गोपी नेपालीले वन जोगाआँै भन्ने योजना नआउने र फँडानीका योजना मात्रै आउने गरेको गुनासो गर्नुभयो ।

जिल्लाका सरोकारवालासँगको छलफलमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले सर्वसाधारणले वन व्यवस्थापनका बारेमा राम्रोसँग बुझ्न नसक्दा काम गर्न कठिनाई भएको बताउनुभयो । पुराना ढलापडा, सुकेको काठलाई कटानी गरी उक्त स्थानमा नयाँ बिरुवा रोप्ने र पुरानो काठलाई उचित मूल्यमा बिक्री गर्न पाएमा आम्दानीमा समेत वृद्धि हुने उहाँको भनाइ छ ।

जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले वैज्ञानिक वन व्यवस्थापनको खाँचो रहेका कारण यस कार्यलाई अगाडि बढाएको बताउनुभयो । उहाँले जिल्लाका वनभित्र खनिएका सडकबाट खोटो मात्र आयात निर्यात नभई काठ, दाउरा, खाधान्न, फलफूल, तरकारीसमेत आयात निर्यात हुने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर