Aamsanchar

नयाँ शक्तिको उम्मेदवारी घोषणा

Author Image
बुधवार, जेठ १०, २०७४

झापा।

नयाँ शक्ति पार्टीले झापाका पाँच नगरपालिकाको मेयर (नगरप्रमुख)का उम्मेदवार घोषणा गरेको छ । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति झापाले मेचीनगर, दमक, भद्रपुर, अर्जुनधारा एवम् बिर्तामोड नगरपालिका प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको हो ।
जिल्लाका १० नगरपालिकामध्ये पाँच नगरपालिकामा आफ्ना उम्मेदवारको नामावली घोषणा गरिएको झापा जिल्ला संयोजक कुमार क्षेत्रीले जानकारी दिए । संयोजक क्षेत्रीका अनुसार नयाँ शक्ति र संघीय समाजवादी फोरम एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा गएका हुनाले दुई दलको संयुक्त संयन्त्रले उम्मेदवारी सम्बन्धी अन्तिम टुंगो लगाउने छ ।
मेचीनगर नगरपालिकाको मेयर पदमा कनिका ढकाल र उपमेयरमा कान्छा हुमागाईंको नाम प्रस्ताव गरिएको छ । त्यस्तै मेचीनगरपालिकाको वडा नं. ३ र ६ को अध्यक्ष पदमा कृष्ण कट्टेल र एपी लुइँटेलको नाम प्रस्ताव गरिएको छ । त्यस्तै दमक नगरपालिकाको मेयर पदमा शतिस शाह र वडा नं. १ को अध्यक्ष पदमा पुष्पा पौडेल, भद्रपुर नगरपालिकाको उपमेयर पदमा पिंकी कामती र वडा नं. ६ को अध्यक्षमा देवकला प्रसाईंको नाम घोषणा गरिएको छ ।
अर्जुनधारा नगरपालिकाको मेयरमा देवकला प्रसाईं र उपमेयरमा हरि घिमिरेका साथै अध्यक्ष पदका लागि वडा नं. २ मा गोविन्द नेपाल, वडा नं. ३ मा श्याम घिमिरे वडा नं. ५, ७ र ८ मा क्रमशः देवकुमारी चौधरी, देवेन्द्र मैनाली र प्रेम लुइँटेलको नाम घोषणा गरिएको छ । त्यस्तै बिर्तामोड नगरपालिकको मेयर पदका लागि उदय गुरुङको नाम घोषणा गरिएको पनि संयोजक क्षेत्रीले जानकारी गराए । उम्मेदवारी घोषणासँगै आफूहरु चुनावी प्रचारमा होमिएको समेत उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर