Aamsanchar

सालबारीमा कछुवाबारे चर्चा

Author Image
बुधवार, जेठ १०, २०७४

अर्जुनधारा।

१७औं विश्व कछुवा दिवसको अवसरमा सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समिति अर्जुनधारा–११ सालबारीको आयोजनामा कछुवा दिवस मनाइएको छ ।
कछुवा उद्धार तथा संरक्षण केन्द्र (टीआरसीसी)को अध्ययन केन्द्रमा समितिका सदस्य बच्चेलाल चौधरीको अध्यक्षता र मेची बहुमुखी क्याम्पसका प्राणीशास्त्र विभाग प्रमुख प्रा.डा.कालुराम खम्बूको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत समितिका सदस्य भैरवप्रसाद खड्काले गरेका थिए ।
आर्को नेपालका प्रतिनिधि टपिलप्रकाश राईले दिवसको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा संरक्षण केन्द्रलाई विभिन्न समयमा उद्धार गरिएको कछुवा उपलब्ध गराउने ३० जना दातालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मेची बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद निरौला, प्राध्यापक होम सुवेदी, नेपाल पत्रकार महासंघ झापाका सहसचिव इन्द्रजीत मुखिया लगायतले कछुवाको संरक्षणबाट वातावरणमा पुगेको फाइदाका विषयमा चर्चा गरेका थिए ।
त्यस्तै सोही कार्यक्रमको अवसरमा स्थानीय महारानीगञ्ज माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आर्को नेपालका प्रतिनिधि राईले संरक्षण केन्द्रको स्थलगत भ्रमण गराई कछुवाबारे जानकारी गराएका थिए ।
हाल सो केन्द्रमा विदेशी ट्रेकिम्स स्त्रीप्टासहित स्वदेशमा पाइने लिसेमिस पुंकटाटा, इन्डोटेस्टुडो इलोङगाटा, पाङसुरा फ्ल्याभीभन्टर र साइक्लिम्स ओलधामी पाँच प्रजातीका ४० वटा कछुवा रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर