Aamsanchar

दुवईमा सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुग्यो

Author Image
बुधवार, जेठ १०, २०७४

युएई,

दुवईमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ ।

मंगलबार भएको दुर्घटनामा नेपाली सहित सात जना प्रवासी कामदारको घटनास्थलमै ज्यान गएको थियो । ज्यान गुमाउने सात मध्ये २ जना नेपाली सहित दुई जना भारती, २ जना पाकिस्तानी र एक बंगालादेशी नागरिक हुन । दुर्घटनामा परेर गम्भिर घाइते भएका मध्ये अर्का एक जना नेपालीको बुधवार बिहान उपचारको क्रममा ज्यान गएको हो ।

मंगलबार ज्यान गुमाउने नेपालीहरुमा बासुदेब लामिछाने र कृष्ण भुसाल छन् । उनीहरुको ठेगाना भने खुलेको छैन । बुधबार ज्यान गुमाएका एक नेपालीको पहिचान नखुलेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

दुवईको मोहम्मद बिन जायद र शेख जायद सडकको बिचमा पर्ने अल यलायिस स्ट्रिटमा भएको दुर्घटनामा ८ जनाको ज्यान गएको थियो । ट्रान्सगार्ड सेक्युरिटी कम्पनी अन्तर्गत होटल एटलान्टिसमा सेक्युरिटी गार्डको रुपमा कार्यरत उनीहरु सोमबार रातीको ड्युटी सकेर क्याम्पमा फर्कंदा दुर्घटनामा परेका थिए ।

कम्पनीकै कामदार बोक्ने बसको टायर बिच बाटोमै पड्किएको थियो । त्यसपछि अनियन्त्रित भएको बस डिभाइडर नाघेर विपरित दिसाबाट आएको ट्रकसँग ठोक्किएको थियो । बसमा ४१ जना कामदार सवार थिए ।

Views: 131

प्रतिक्रिया (०)