Aamsanchar

सामान्य भनाभनपछि म्‍यादी प्रहरीले गरे वृद्धको हत्या

Author Image
बुधवार, जेठ १०, २०७४

काठमाडौं:

ललितपुरको चापागाउँ र छम्पीबीचमा पर्ने एक्लाफाँटमा ढुंगा प्रहार गरी बृद्धको हत्या गर्ने सिन्धुलीका कुमार पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको संयुक्त टोलीले पाख्रिनलाई बुङमतीबाट पक्राउ गरेको हो।

पाख्रिन म्यादी प्रहरी समेत हुन्। उनी चापागाउँ बृतमा रहेर कार्यरत थिए। हत्या गरिएका ५४ वर्षीय दीपक परियार र पाख्रिन छम्पी निवासी हुन्। परियार र पाख्रिन दुवै चापागाउँमा सँगैं मदिरा सेवन गरी घर फर्कनेक्रममा विवाद भएपछि सोमबार राती अन्दाजी साढे नौ बजे पाख्रिनले परियारको टाउकोमा ढुंगा प्रहार गरेका थिए।

पाख्रिनले प्रहरीसँगको प्रारम्भिक बयानमा परियारले आफूलाई पिट्नुका साथै अश्लिल शब्दमा गाली गरेपछि आवेगमा ढुंगा प्रहार गरेको बताएका छन्। ‘ चापागाँउमा मदिरा सेवन गरेपछि घर फर्कदा दुईबीच विवाद भएको देखिन्छ।

दुवैले एकले अर्कालाई अश्लिल शब्दमा गाली गर्नुका साथै बाटामा ठेलाठेल गरेको पाईएको छ ’, ललितपुर प्रहरी प्रवक्ता डीएसपी इश्वर कार्कीले भन्नुभयो। प्रहरीले दुईबीच त्यसअघि रिसईबी समेत नभएको जनाएको छ।

तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरी अभियुक्तसम्म पुगेको हो। घटना लगत्तै उक्त रात घरमै सुतेका पाख्रिन मंगलबार दिउँसोभर बैचैन भएको प्रहरीको भनाई छ।

प्रहरीले कर्तब्य ज्यान मुद्धामा पाख्रिनमाथी अनुसन्धान अगाडि बढाएको छ। केही समय बैदेशिक रोजगारीमा समेत विदेश गएका पाख्रिनले म्यादी प्रहरी हुनुअघि छम्पी आसपासमै ज्यामी काम गर्दै आएका थिए।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर