Aamsanchar

सीमावर्ती क्षेत्रमा सेनाको टोली

Author Image
बिहिवार, जेठ ११, २०७४

इनरुवा ।

सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ ।

आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा समूह त्यहाँ राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रजिअ पराजुलीकाअनुसार चुनावी सुरक्षाका लागि पूर्वी पृतनाको मातहतमा रहने गरी बुधबारबाट त्यहाँ नेपाली सेना खटाइएको हो ।

यसैगरी, दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनको तयारीका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित कार्यक्रममा निर्वाचनको विषयमा थालेको तयारी, चुनावी वातावरण, जिल्लाको सुरक्षा अवस्था लगायतका बारेमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत अर्जुन कोइरालले निर्वाचनका तयारीका बिषयमा उनीहरुलाई जानकारी गराउनुभयो ।

बैठकमा सहभागी दलका नेताले मतदाता शिक्षाको प्रभावकारिता, भरपर्दो सुरक्षा बन्दोबस्ती र सहज वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउँदै बदर मतको सङ्ख्या न्यून तुल्याउन मतदाता शिक्षाको प्रभावकारिताको खाँचो रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर