Aamsanchar

घुम्ती शिविरको आयोजना

Author Image
बिहिवार, जेठ ११, २०७४

सप्तरी ।

सार्वजनिक सेवा सुविधामा सर्वसाधारणको सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीस्थित महुवा गाविस हाल गलान बिगुल गाउँपालिकामा बुधबार एकदिने घुम्ती शिविर आयोजना गरियो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको नेतृत्वमा भएको शिविरमा नागरिकता वितरण, स्वास्थ्यसम्बन्धी सेवा, पशु स्वास्थ्य सेवा, कृषि सेवा र विद्युत् मिटर वितरणलगायत सेवा प्रदान गरिएको सप्तरीका प्रजिअ कृष्णबहादुर कटुवालले बताउनुभयो ।

शिविरमा जिल्ला प्रशासन कार्यालयले ९० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र, जिल्ला जनस्वास्थ्य कार्यालयले ६३ जनालाई स्वास्थ्य परीक्षण, ५४३ जनालाई जनरल उपचार सेवा, नेपाल विद्युत् प्राधिकरण राजविराज केन्द्रले २० वटा विद्युत् मिटर, जिल्ला कृषि विकास कार्यालयले ३५ जनालाई कृषि सामग्री वितरण, तरकारी र बालीको बीउबिजन वितरण, सगरमाथा अपाङ्ग कल्याण सङ्घले १६ जनालाई अपाङ्गताको प्रमाणपत्र तथा ३६ जनालाई ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी, जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रले १२० जनालाई सामान्य उपचार गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर