Aamsanchar

१ सय ५५ जना नेपाली कांग्रेसमा प्रबेश

Author Image
बिहिवार, जेठ ११, २०७४

शान्तिनगर,


नेपाली कांग्रेसले बुद्धशान्ति नगरपालिकामा चुनाबी प्रचार प्रचारलाई तिब्र पारेको छ । चुनाबी प्रचार–प्रसार संगै पार्टि प्रबेशका कार्यक्रम पनि हुन थालेको छ । बुद्धशान्ति–४ किरातचोकमा आयोजित चुनाबी कार्यक्रमबाट बिभिन्न पार्टि परित्याग गरी १ सय ५५ जना नेपाली काग्रेसमा प्रबेश गरेका छन् ।

कार्यक्रममा नेपाली काग्रेस बुद्धशान्ति नगरपालिकाका संयोजक इश्वरी ढकाल, साबिक बुधबारेका पूर्व सभापति रमेश भुजेल, क्षेत्रीय प्रतिनिधी खड्ग पोङदाख, सुर्य ढुङगाना, नेबिसंघ जिल्ला सदस्य भुपेन्द्र थेबे, शेरबहादुर राय, महिला संघकी चन्द्रकला भट्टराई, महिला नेत्री गीता ढुङगाना लगायतको उपस्थिती थियो ।

कार्यक्रमको संचालन काग्रेस बुद्धशान्ति नगरपालिकाका सचिब घनाश्याम घिमिरेले गरेका थिए । बुद्धशान्ति नगरपालिको मेहरमा नेपाली काग्रेसबाट चक्र शेर्मा, रमेश कुमार भुजेल, लय भण्डारी, खड्ग पोङदाखको नाम चर्चामा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर