Aamsanchar

अब चुनावको छापमा रातो मसी प्रयोग हुने

Author Image
बिहिवार, जेठ ११, २०७४

काठमाडौं :

पहिलो चरणको स्थानीय तहको चुनावमा मत पत्र र छाप एउटै रंगको मसी प्रयोग भएपछि उत्पन्न विवादलाई साम्य पार्न निर्वाचन आयोगले छापमा रातो मसी प्रयोग गर्ने निर्णय गरेको छ। मतपत्र र छापमा एउटै रंग प्रयोग भएका कारण विवाद उत्पन्न भएपछि आयोगले यस्तो निर्णय गरेको हो।

आयोगका सहसचिव नवराज ढकालले दोस्रो चरणको चुनावमा छापमा रातो मसी प्रयोग गरिने जानकारी दिनुभयो।

पहिलो चरणको चुनावमा मतदाता शिक्षा उपलब्धिपूर्ण नभएको स्वीकार्दै आयोगले दोस्रो चरणको चुनावमा थप चेतना अभिवृद्धि गराइने जानकारी दिएको छ। उम्मेदवारले चुनावमा तोकिएको भन्दा बढी खर्च गरेको ठम्याई गर्दै आयोगले भनेको छ,‘चुनावमा उम्मेदवारले बढी खर्च गर्नुभयो, आचारसंहिताको कत्तिपनि पालना भएन।’

एउटा उम्मेदवारलाई एउटा मात्रै चारपांग्रे गाडी प्रयोग गर्न आयोगले स्वीकृति दिएपनि चार वटा भन्दा बढी प्रयोग गरेको दाबी गरिएको छ। दलका चिन्ह प्रयोग भएको बोर्ड, ब्यानर र टिर्सट लगाएर चुनावमा बालबालिकाको प्रयोग गरेर बालअधिकार हनन् गरेको ठम्याई आयोगको छ।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)