Aamsanchar

विषालु च्याउ खाँदा ९ जना बिरामी

Author Image
शुक्रवार, जेठ १२, २०७४

दमक : 

झापाको कमल नगरपालिकामा विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन्।

कमल नगरपालिका ४ की ३३ वर्षीय विष्णु घिमिरे, उनका छोरीहरू १४ वर्षीया सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, ७ वर्षीया सोनी घिमिरे र २ वर्षीया सोनिका घिमिरे बिरामी परेका हुन्।

यस्तै सोही ठाउँका २८ वर्षीया उमा घतानी, उनका छोराहरू ११ वर्षीय इन्द्र घतानी र ९ वर्षीय चन्द्र घतानी तथा छोरी २ वर्षीया सविना घतानी बिरामी परेको प्रहरीले जनाएको छ। घर छेउमा उम्रिएको च्याउ खाँदा उनीहरू बिरामी परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

विराटनगरस्थित नोबेल अस्पतालमा उनीहरूको उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राजन लिम्बुले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर