Aamsanchar

बालबालिकालाई बीस करोड वितरण

Author Image
शुक्रवार, जेठ १२, २०७४

काठमाडौँ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय पञ्जीकरण विभागले तीन जिल्लाका बालबालिकालाई रु बीस करोड वितरण गरेको छ ।

विभागले मानव विकास सूचकाङ्कमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० हजार बालबालिकालाई उक्त रकम वितरण गरेको हो ।

विभागका महानिर्देशक अनिलकुमार ठाकुरका अनुसार आयआर्जन नभएका खान नपुग्ने परिवारका बालबालिकाको अवस्था हेरेर सो रकम बाँडिएको बताउनुभयो । मासिक रु चार सयका दरले रुकुममा ६३ हजार ५४, अछाममा– ६ हजार ४५८ र बझाङमा १३ हजार ८२१ बालबालिकालाई रकम वितरण गरिएको हो ।

यसअघि विभागले कर्णाली अञ्चलका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई उक्त रकम प्रदान गर्दै आएको थियो । विभागले आगामी वर्ष महोत्तरी, कैलाली, डोटी, रसुवा, बाजुरा र जाजरकोटका बालबालिकालाई रकम वितरण गर्न रु एक अर्ब २५ करोड बजेट मन्त्रालयसँग माग गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर