Aamsanchar

वी एण्ड सीले दियो सीमालाई नयाँ जीवन

Author Image
शुक्रवार, जेठ १२, २०७४

झापा,


झापाको अर्जुनधारा नगरपालिका–११ की सीमा प्रधानले नयाँ नीवन पाएकी छन् । रगतमा संक्रमण (टाइफस फिबर) भएका कारण उनलाई १६ दिन अघि विर्तामोड स्थित वी एण्ड सी हस्पिटलमा भर्ना गरिएको गियो ।

यस्तो संक्रमण भएका मानिसको मृत्यु हुने सम्भावना ७०–९० प्रतिशत हुने भएकाले सबैको अथक प्रयासमा सीमालाई बचाउन सफल भएको उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. दिलिपकुमार शाहले बताए । यस्तो समस्या हजारौंमा एक जनालाई हुने चिकित्सकहरुको भनाई छ ।

उपचारमा संलग्न डा. शाहले यो एक प्रकारको संक्रमण भएको र उक्त संक्रमण रगतमा फैलिदा जटिल अवस्था सिर्जना हुने बताए । उक्त अवस्थामा चिकित्सकको क्षेत्रमा सेफसिस भनिने बताए । विर्तामोडमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा डा. शाहले समयमा विरामी ल्याउनाले सिमालाई नयाँ जीवन प्रदान गर्न सफल भएको बताए ।

त्यस्तै वी एण्ड सी हस्पिटलका जनसम्र्पक अधिकारी प्रमिश गिरीले वी एण्ड सी हस्पिटलले कुनैपनि बिरामीको पैसा अभावमा उपचार नरोकिने बताए । उनले यहाँ अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएकाका कारण जटिल रोगहरुको सफल उपचार हुने बताए । उनले वि एण्ड सी हस्पिटल महँगो छ भन्ने भ्रम चिर्नुपर्ने बताए । उनले अब उपचारका काठमाण्डौं र भारत धाउनु नपर्ने उल्लेख गरे ।

पत्रकार भेट सिमाका दाजु सुरज प्रधानले आफ्नी बहिनीले नयाँ जीवन पाएको भनदै खुशी ब्यक्त गरे । उनले उपचारमा संलग्न डाक्टर र बि एण्ड सी हस्पिटललाई धन्यवाद दिए । २१ वर्षीया सिमा कक्षा ११ मा अध्ययनरत रहेकी छन् । उनको उपचारमा आर्थिक अभाव भएपछि विभिन्न सामाजिक संघसंस्थाहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । अबको केही दिनमा नै उनलाई डिस्र्चाज गरिने अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर