Aamsanchar

प्रमुख–उपप्रमुखसहित ५२ उम्मेदवारको नाम सार्वजनिक

Author Image
शुक्रवार, जेठ १२, २०७४

झापा।

नेकपा(माओवादी केन्द्र)ले बिर्तामोड नगरपालिकाका प्रमुख÷उपप्रमुखसहित ५२ उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ ।

बिर्तामोडमा आज आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका झापा संयोजक मणिकुमार साम्पाङले बिर्तामोड नगरपालिका प्रमुखमा सिपी कडरिया र उपप्रमुखमा लक्ष्मी न्यौपाने उम्मेदवार रहने जानकारी दिनुभयो ।

सो अवसरमा नगरपालिकालाई आत्मनिर्भर बनाउन समाजवादी अर्थतन्त्रको नीतिअनुरुपका क्रियाकलाप अपनाइने प्रमुखका प्रत्यासी कडरियाले बताउनुभयो । उपप्रमुखकी उम्मेदवार न्यौपानेले आफूलाई उपप्रमुखमा विजय गराए समृद्ध बिर्तामोडको परिकल्पनालाई मूर्तरुप दिन पहल गर्नेछु भन्नुभयो ।

माओवादी केन्द्रले नगरका दश वटा वडाका अध्यक्ष र सदस्यको पनि टुङ्गो लगाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं प्रदेशका संयोजक सावित्रीकुमार काफ्ले, पार्टीका झापा इन्चार्ज झलकसिंह दर्लामीलगायतले उम्मेदवारलाई विजयका लागि शुभकामना दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर