झापा,
विर्तामोड नगरपालिकाको सहयोग तथा मेची बहिरा संघ विर्तामोडको आयोजनामा झापाको विर्तामोडमा आइतबार एकदिने मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
बहिरा नागरिकहरुका लागी मतदाता शिक्षा सम्बन्धि जानकारी गराउने उद्धेश्यले कार्यक्रमको सञ्चालन गरिएको मेची बहिरा संघ विर्तामोडका अध्यक्ष यदुनाथ अधिकारीले जानकारी दिए ।
६० जना सहभागि कार्यक्रममा बहिराहरुलाई सांकेतीक भाषाद्धारा शिक्षण गरिएको थियो । उनीहरुलाई प्रशिक्षकहरु निर्वाचन कार्यालयका प्रेमकुमार कार्की,जीवन दाहाल, हरिप्रसाद अधिकारी र दोभाषे कञ्चन बाँसकोटाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्रकी लक्ष्मी न्यौपानेले मन्तब्य राखेका थिइन् । अपाङ्गता भएका ब्यक्तिको अधिकार शुनिश्चित गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 260