Aamsanchar

गणतन्त्र दिवसले  सार्थकता पाओस्

Author Image
सोमवार, जेठ १५, २०७४

[ नरेन्द्र ढकाल]


आज गणतन्त्र दिवस । जुनसुकै व्यवस्था भए पनि आफैंमा नराम्रो हुँदैन । तर, उक्त व्यवस्थालाई चलाउने वा नेतृत्व गर्ने नेतृत्वपंक्तिमा भर पर्छ त्यो व्यवस्था कतिको सही थियो भन्नलाई । गणतन्त्र दिवस भव्य रूपमा मनाइरहँदा यो व्यवस्था कतिको सही छ भन्ने प्रश्न उठ्न थालेको छ ।
गणतन्त्र दिवसमा ल्याउन जनताले गरेको त्याग र बलिदानको उच्च मूल्याङ्कन गर्दै देशलाई समृद्धितर्फ लैजान दलहरूले केही प्रयत्न नगरेका होइनन् । तर, उक्त प्रयत्न अझै पर्याप्त छैन् । गणतन्त्रको संस्थागत विकास हुन नसक्दा अझै नेपाली जनताले गणतन्त्र आएको अनुभूत गर्नै पाएका छैनन् । यो सन्दर्भमा गणतन्त्र औपचारिकतामा नै सीमित भइरहेको छ ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको एकदशक पूरा हुनै लाग्दा थुप्रै आशंकाहरू उब्जाएका होइनन् । दोस्रो जनआन्दोलन २०६२÷०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आइएको छ ।
सो दिवसका सन्दर्भमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रम अनुसार जेठ १४, १५ र १६ गते राष्ट्रियस्तरमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । यो सन्र्दभमा जनआन्दोलन २०६२÷०६३ मा उर्लेको जनसागरको आकांक्षा कति पूरा भयो भन्ने प्रशन उठ्न थालेको छ । २००७ सालदेखि नेपाली जनताको प्रजातन्त्रप्रतिको आस्था, विश्वास, संघर्ष अनि त्यसको प्राप्तिपछिको आकांक्षा गणतन्त्रसम्म आइपुग्दा पनि उस्तै छ ।
२०४६ सालमा प्राप्त प्रजातन्त्रसँगै प्राप्त अधिकारहरूको रक्षा र नेपाली जनताको आकांक्षाको पूर्तिका सवालमा सत्ता नेतृत्वमा पुगेका राजनीतिक दलहरूको अनुदार चरित्र, भ्रष्ट प्रवृत्तिका कारण त्यसको आधा दशकमै मुलुकमा सशस्त्र युद्ध शुरु भएको थियो । २०५२ सालदेखि शुरु भएको माओवादी जनयुद्धले मुलुकलाई आर्थिक रूपमा कमजोर तुल्यायो तर जनताका आकांक्षा र अधिकार प्राप्तिको उत्कण्ठालाई भने जागृत गराउन सफल भएको मानिएन ।
जनयुद्ध सही थियो वा थिएन र आवश्यक थियो वा थिएन भन्ने अहिलेको सवाल एउटा ठाउँमा रहनसक्छ तर जनयुद्धकै जगमा टेकेर मुलुकमा गणतन्त्र प्राप्त भएको बिर्सन सकिँदैन । सशस्त्रयुद्ध गरेको शक्ति र संसदवादी दलहरूले भारतको नयाँ दिल्लीमा भारतकै मध्यस्थतामा गरेको १२ बुँदे सहमतिपछि चलेको जनआन्दोलन–२ को उपलब्धिका रूपमा २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनःस्थापना गरेका थिए । यही दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइँदै आइएको छ ।
२०६२÷०६३ को आन्दोलनको उपलब्धि राजतन्त्रको अन्त्यमा गएर टुंगिए पनि अनेकौं राजाहरूको जन्म भएको आम अनुभूति छ । यतिबेला आन्दोलनमा मृत्युवरण गरेका, घाइते, अंगभंग भएकाहरूको आत्मा रोइरहेका छ । मुलुक चरम राजनीतिक अस्थिरताको शिकार बनिरहेको छ । यस्तो अवस्थामा शुभकामना दिने प्रचलन भने हटेको छैन । गणतन्त्रको शुभकामना दिएर मात्र जनताको आंकक्षा पूरा हुँदैन ।
नेताहरूले गणतन्त्र दिवसका अवसरमा जुन उत्साह र उमंगका साथ जनताका सामु आफूले गरेका सकारात्मक कामको हुँकार गर्नुपथ्र्यो त्यसको विपरीत जनता सामु शिर झुकाउनुपर्ने अवस्था अहिले छ । जनताको जीवनस्तरले गणतन्त्रको खिल्ली उडाएको छ । यत्रो राजनीतिक उपलब्धिलाई सरकारले औपचारिक कार्यक्रममा नै सीमित राख्नु दुर्भाग्य हो ।
मुलुकमा चौतर्फी निराशा छाए पनि आशा अझै मरिसकेको छैन । जनतामा अझै आशा मरिसकेको छैन । कुनै न कुनै दिन मुलुकको अवस्थामा सुधार आउने अपेक्षा जनताको छ ।
यस वर्षको गणतन्त्र दिवसलाई जनताले केही हदसम्म सफल भएको मानेका छन् । गतवर्षहरूमा संविधान जारी हुन नसकेको भन्दै चर्का आवाजहरू बुलन्द हुने गरेका थिए भने यसपटक जनताको संविधानलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्नुपर्ने र संविधान कार्यान्वयनतर्फ सबै राजनीतिक दलहरू एक भएर लाग्नुपर्ने विषयले प्राथमिकता पाएको छ । तर, अझै जनताले चाहेको गणतन्त्र भने प्राप्त नभएको बताएका छन् । यो अवस्थामा दलहरूले जनताको भवना बुझेर ठोस् काम गर्न जरुरी देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर