बिर्तामोड ।
झापाका स्थानीय तहहरुमा सोमबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । १५ गते निर्वाचन अधिकृतका कार्यालय स्थापना गर्न निर्वाचन आयोगले पठाएको तालिकाअनुसार कार्यालय स्थापना गरिएको हो ।
झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय भने जेठ ६ गते नै स्थापना गरिएको थियो । बाँकी १४ वटा स्थानीय तहमा सोमबार कार्यालय स्थापना गरेर कार्य सञ्चालन प्राराम्भ गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिए ।
कार्यालय स्थापनासँगै निर्वाचन कार्यालयको र मतदान केन्द्रको सूचना टाँस गर्ने कार्यक्रम सम्पन्न भएको छ । योसँगै सोमबारबाट झापामा चुनावी कार्यक्रम सुरु भएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 202