Aamsanchar

विर्तामोडमा राप्रपाको साइकल ¥याली

Author Image
मङ्गलवार, जेठ १६, २०७४

विर्तामोड,


झापाको विर्तामोडलाई सुन्दर र वातावरण मैत्री बनाउने उद्धेश्यले मंगलबार साइकल ¥याली गरिएको छ । राप्रपा विर्तामोड नगरपालिका–३ को आयोजनामा भएको साइकल ¥यालीमा करिब दुई सय बढीको सहभागिता रहेको थियो ।
विर्ताबजार स्थित दुर्गा मन्दिरबाट सुरु भएको साइकल ¥यालीले विर्तामोड नगरपालिकाको परिक्रममा गररे पुनः दुर्गा मन्दिरमा नै पुगेर कोणसभामा परिणत भएको थियो ।

राप्रपा विर्तामोड नगरपालिका–३ का वडाअध्यक्षका उम्मेदवार दीपक मास्केको अध्यक्षतामा भएको कार्यक्रममा मेयरका उम्मेदवार भक्ति सिटौला, उपमेयरकी उम्मेदवार लीला अनमोल लगायतले विर्तामोडलाई धुवाँ, धुलो र प्रदुषणा मुक्त बनाउन सडकहरुलाई साइकलयात्री मैत्री बनाउनु पर्ने धारणा ब्यक्त गरे ।
उनीहरुले विर्तामोडलाई प्रदुषणा मुक्त बनाउनका साथै स्वास्थ्यको दृष्टिकोणलले पनि साइकल फाइदाजनक हुने भएकाले अब साइकलको प्रयोगमा सबैले जोड दिनुपर्ने धारणा ब्यक्त गरे । साइकल यात्रामा सहभागि युवाहरुले यस्तो ¥यालीले सबैलाई एउटा नयाँ सन्देश दिएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर