Aamsanchar

अर्जुनधारा नेकपा एमालेमा कार्यविभाजन

Author Image
बुधवार, जेठ १७, २०७४

खुदुनाबारी,


नेकपा एमाले अर्जुनधारा नगर कमिटिले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट प्रत्यासी उम्मेदारहरुलाई विजयी गराउने उदेश्यले विभिन्न समितिहरु गठन गदै कार्यविभाजन गरेको छ ।
नेकपा एमाले अर्जुनधारा नगर कमिटि अध्यक्ष प्रेम सागर सापकोटाको अध्यक्षतामा नगर पार्टी कार्यालया बसेको भेलाले निर्वाचन मूल प्रचार–प्रसार समितिको संयोजकमा बृख प्रधानलाई चयन गरेको छ भने सहसंयोजकमा कुन्दन भट्टराईलाई चयन गरेको छ । सदस्यहरुमा कमला भण्डारी,कमला आचार्यलाई समेत मूल समितिमा थप गरेको छ ।
क्षेत्रीय समितिका सबै पदाधिकारीहरु सहित वडा अध्यक्षका उम्मेदारहरु,सचिवालय सदस्य थप गर्ने मूल समितिको प्रचार प्रसार समितिमा रहने जनाइएको छ । प्रचार प्रसार मूल समितिको सचिवमा भने नगर कमिटि सदस्य नारायण पराजुलीलाई जिम्मेवारी तोकिएको जनाइएको छ । प्रेम गिरीको संयोजत्कमा ८ सदस्यीय आर्थिक समिति समेत गठन गरिएको छ । समितिको सचिवमा नगर सचिव प्रेम सागर सापकोटा रहेका छन् ।
सदस्यहरुमा क्रमश टंक बराल,अम्बिका खतिवडा,बृख बहादुर कार्की,टेक बहादुर लिम्बु,लोकमान श्रेष्ठ,हरि कुमार राना रहेका छन् । यता स्वयंसेवक परिचालन कमिटिको राज कुमार गौतमको संयोजत्कमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । सदस्यहरुमा लवकुश गौतम,कुमार उप्रेती,सागर खरेल,होम दुलाल,मदन लिमेल सुब्बा,गजेन्द्र खनाल,राजेश जबेगु,जीवन राई,मनोज तामाङ,श्याम भुजेल,सन्जिव सापकोटा,कुसुम राई,जीवन भेटवाल रहेका छन् ।

प्रेम गिरीको संयोजत्कमा कानुनी परामर्श समिति समेत चयन गरेको छ । सदस्यहरुमा कुन्दन भट्टराई,अम्बिका खतिवडा,चित्र बहादुर मगर,बृख प्रधान रहेका छन् । सूचना सम्पेषण समितिको संयोजकमा भने पुण्य सुवेदीलाई चयन गरेको छ भने सदस्यमा पत्रकार सागर गौतमलाई चयन गरेको छ । अन्य सदस्यहरुमा सागर खरेल,लक्ष्मी चापागाईलाई समेत चयन गरेको छ ।

सोही भेलाले नेपाली काग्रेस संक्रिय राजनैतिक परित्याग गरि अर्जुनधारा–८ निवासी अशोक बिष्ट,विष्णु थापा,राजु घिमिरे र दिपक घिमिरलाई स्वागत तथा बधाई ज्ञापन समेत गरेको नगर अध्यक्ष सापकोटाले बताए । पार्टीले तय गर्ने आगामी चुनावी रणनीती सहित अन्य विषयमा कुन्दन भट्टराई र बृख प्रधानले बोलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर