Aamsanchar

माला लाउँदैमा ठूलो मान्छे होइन्न–ओली

Author Image
शुक्रवार, जेठ १९, २०७४

भक्तपुर ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपराधिक मानसिकताका कारण भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएको आरोप लगाउनुभएको छ ।

सूर्यविनायकमा नारायणविलास जोशी स्मृति प्रतिष्ठान सार्वजनिकीकरण एवम् नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन समारोहमा उहाँले भन्नुभयो, “भरतपुरको मतगणनामा उम्मेदवारको कारणले गाह्रो पा¥यो, एमालेले अन्त पनि जितेको छ, तर भरतपुरमै चाहिँ किन च्यातियो, अन्त किन च्यातिएन ? समस्याको जड जनताले थाहा पाइसकेका छन् ।” भरतपुरमा मतगणना हुनैपर्ने अडान दोहो¥याउँदै नेता ओलीले भन्नुभयो, “अपराध कर्मबाट चुनाव जित्ने होइन, जनताको मन जितेर चुनाव जित्ने प्रयास गर्नुस्, अपराध कर्मबाट जिताए मान्दैनौँ, भरतपुरमा मतगणना हुनै पर्छ ।” उहाँले मतगणना सुरु नगरिएसम्म संसद अवरुद्ध पार्ने चेतावनी दिनुभयो ।

संसद् प्रधानमन्त्री चुन्ने मात्रै नभई सबै समस्याको समाधान खोज्ने थलो पनि भएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “भरतपुर घटना संसद्को विषय होइन भनिने सुनिँदैछ, त्यसो भए के संसद्को काम प्रधानमन्त्री छान्ने मात्रै हो ? चुनावमा धाँधली भएको विषय संसद्को विषय होइन ? त्यसो भए अब हुने जुनसुकै निर्वाचनमा पनि जसले हार्न लाग्यो, त्यसैगरी मतपत्र च्यातिदिए भैगयो नि ।” भरतपुरमा फेरि मतदान भए गलत नजिर बस्ने र आगामी निर्वाचनमा हार्ने पक्षले पटक पटक मतपत्र च्यात्ने र निर्वाचन गराइरहनुपर्ने अवस्था आउने उहाँको भनाइ थियो ।

माला लाउँदैमा आफूलाई ठूलो मान्छे भए भनेर नसोच्न आग्रह गर्दै उहाँले भन्नुभयो, “तपाईँलाई माला लाइदिएर ठूलो मान्छे बनाएको होइन, तपार्इँहरु भोट दिने प्रत्येक नागरिकको प्रतिनिधि हो, ती प्रतिनिधिको काम गर्नुस्, जनतालाई कसरी साथ लिएर जान सकिन्छ, कसरी उनीहरुको मन जितेर जान सकिन्छ भनेर अगाडि बढ्नु्स् ।”

त्यस अवसरमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा स्मृति प्रतिष्ठानको सार्वजनिकीकरण गरिएको थियो । कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला, चाँगुनारायण नगर प्रमुख सोम मिश्र, प्रतिष्ठानका अध्यक्ष राजेन्द्रमान श्रेष्ठ, उपाध्यक्ष शशिजङ्ग थापा, सचिव महेन्द्रगोपाल कर्माचार्य, सदस्य कल्पना लुइँटेललगायतले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको हितमा काम गर्न सुझाव दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर