Aamsanchar

निर्वाचनमा असहयोग गर्नेलाई कारबाही

Author Image
सोमवार, जेठ २२, २०७४

सल्यान  ।

पहिलो चरणअन्तर्गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने १६ जना नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ ।

स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवारलाई सहयोग नगरी अन्तरघात गरेको भन्दै उनीहरुलाई पार्टीले कारवाही गरेको सो पार्टी जिल्ला शाखाले जनाएको छ ।

यसरी कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म छन् । छत्रेश्वरी गाउँपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दिपेन्द्र कुँवर, कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा र खड्क केसी तथा शारदा नगरपालिकाबाट तुल्सीराम बस्नेत, टोपबहादुर मल्ल र शावित्रा राईलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको काँग्रेस सल्यानले जनाएको छ ।

यसअघि नेकपा (एमाले)ले पनि पार्टीभित्र अन्तरघात गरेको भन्दै २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर