Aamsanchar

भोला सहित १० बढी मालेमा प्रवेश

Author Image
बिहिवार, जेठ २५, २०७४

विर्तामोड ।


नेकपा मालेका महासचिव सिपि मैनालीले भारतले राखेका ७ बुदे मागलाई नै लिएर मधेसबादी दलहरु संविधान संशोधनको रटानमा रहेको बताएका छन् ।
झापाको विर्तामोडमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव मैनालीले संविधान संशोधन भारतको इशारामा आइरहेको भन्दै कुनै पनि हालतमा संविधान संशोधन गर्न नहुने विचार ब्यक्त गरे ।
भारतले नेपालको संविधान जारी भएको समयमा राखेका मागलाई मधेसवादी दलहरुले उठाइरहेकाले राष्ट्रवादी दलहरु चनाखो हुनुपर्ने बताए । संविधान जारी भएको समयदेखि नै कार्यान्व्यन सुरु भएको भन्दै महासचिव मैनालीले स्थानीय निकायको निर्वाचनले आफुहरुलाई सवक सिकाएको उल्लेख गरे । पहिलो चरणको निर्वाचनमा एक सिटपनि जित्न नसक्ने पार्टीको कमजोरी भएको स्वीकार गरे ।
उक्त कार्यक्रममा होटल ब्यवसायी संघ झापाका अध्यक्ष भोलानाथ उप्रेती सहित १० भन्दा बढी नेकपा मालेमा प्रवेश गरेका छन् । मालेले बिहीबार नै आफ्नो पार्टीको घोषणा पत्र समेत सार्वजानिक गरेको छ ।
पार्टीका जिल्ला सचिव नवराज खरेलको सभापतित्वमा भएको कार्यक्रममा पोलिट ब्यरो सदस्य खगेन्द्र प्रसाई लगायतले बोलेका थिए । पार्टीले केही दिनमा नै उम्मेदवारको टुङगो लगाउने नेकपा मालेले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर