Aamsanchar

इटहरी काँग्रेसभित्र विवाद

Author Image
शुक्रवार, जेठ २६, २०७४

इटहरी।

आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारका विषयलाई लिएर नेपाली काँग्रेसभित्र विवाद बढेको छ ।

नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट अलग रहेको युवा नेता रोहित प्रसार्इंलाई पार्टीले इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको विरोधमा आक्रोशित काँग्रेसका नेता तथा कार्यकर्ताले आज बिहानै इटहरीस्थित पार्टीको नगर कार्यालयमा तालाबन्दी गरेका छन् ।

पार्टीबाट रोहित प्रसार्इंलाई इटहरी उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार बनाउने काँग्रेसका केन्द्रीय नेताले हिजो गरेको निर्णय यस क्षेत्रका काँग्रेसजनहरुका लागि चित्त बुझ्दो नभएकाले यो निर्णयलाई तत्काल सच्याउन उनीहरुले दबाबस्वरुप पार्टीको नगर कार्यालयमा ताला लगाएर नाराबाजी गर्दै आएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर