Aamsanchar

सत्ताइस मतदानस्थल अतिसंवेदनशील

Author Image
शुक्रवार, जेठ २६, २०७४

इलाम।

इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ ।

जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा रणनीतिसमेत तयार गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ जनकराज दाहालका अनुसार संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ ।

सामान्यमा भन्दा अतिसंवेदनशील र संवेदनशील मतदानस्थलमा बढी सुरक्षाकर्मी र विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको समेत प्रजिअ दहालले बताउनुभयो । सुरक्षाका दृष्टिकोणले पनि ती मतदानस्थलको नाम सार्वजनिक गर्न नमिल्ने सुरक्षा समितिले जनाएको छ ।

चुनावलाई शन्तिपूर्ण रूपमा सफल बनाउन सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको सुरक्षा समितिले जनाएको छ । जिल्लाका ८१ वडामा १४४ मतदानस्थल र २४९ वटा मतदान केन्द्र छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर