Aamsanchar

राष्ट्रपतिको भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

Author Image
आइतवार, जेठ २८, २०७४

काठमाडौं :

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीटजरल्याण्डको जेनेभा भ्रमण स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३० गते हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्वीटजरल्याण्डको जेनेभामा आयोजना गर्न लागेको वर्ल्ड अफ वर्ल्ड समिटमा सहभागी हुन जान लागेकी हुन्। उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीलाई मुख्य वक्ताको रुपमा निम्ता गरिएको छ।

त्यस्तै मन्त्रिपरिषद बैठकले नेपालका निजामति कर्मचारीका लागि जापान सरकारले दिएको अनुदान रकम २६ करोड ५६ लाख रुपैयाँ पनि स्वीकार गर्ने निर्णय गरेको अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर