Aamsanchar

स्वतन्त्र महिलाको प्यानल चुनावी मैदानमा

Author Image
बिहिवार, असार १, २०७४

इनरुवा।

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा महिलाको प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।

इनरुवामा स्वतन्त्रका तर्फबाट महिला प्रमुख र उपप्रमुखसहितको वडा तहसम्म उम्मेदवार उठ्ने भएका छन् ।

स्वतन्त्रका उम्मेदवारसमेत चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा व्यस्त बनेको पाइएको छ । स्वतन्त्रका प्रमुख उम्मेदवार महेश्वरी न्यौपाने र उपप्रमुखको उम्मेदवार ज्योति सुब्बा तथा वडा नं १ का वडाध्यक्षका उम्मेदवारसहितका उम्मेदवार चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम जारी राखेका छन् ।

इनरुवा नगरलाई वातावरणमैत्री बनाउने र सबैको पहुँचमा विकास पु¥याउनेलगायतका लक्ष्य राखेर महिलाको नेतृत्वको प्यानल भोट माग्न व्यस्त बनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर