Aamsanchar

बीएण्डसी हस्पिटल महंगो छैन

Author Image
बिहिवार, असार १, २०७४

बिर्तामोड ।

झापाको विर्तामोडमा रहेको बीएण्डसी शिक्षण अस्पतालले कुनै महंगो शुल्क नलिएको स्पष्ट पारेको छ ।

स्वास्थ्य परीक्षण शुल्क बारे फैलाइएको भ्रमप्रति आपत्ति जनाउदैं अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईंले बिहीबार अस्पतालमा पत्रकार सम्मेलन गरी आफ्नो अस्पतालले विगत ३ वर्षदेखि सेवाग्राहीलाई सर्वसुलभ स्वास्थ्य सेवा दिएकोे भएपनि प्रतिस्पर्धी अस्पतालहरुले भ्रम फैलाएको जिकिर गरेका छन् ।

स्वास्थ्यलाई सेवा भन्दा ब्यपारको रुपमा विकास गरिएको भन्दै उनले आफुले सेवाको रुपमा अस्पताल सञ्चालन गरेको बताए । स्वास्थ्यमा मात्र नभई शिक्षा क्षेत्रमा पनि सर्वसुलभ रुपमा सेवा प्रवाह गर्ने अस्पतालको लक्ष्य रहेकोले प्रतिस्पर्धीहरुले बी एण्ड सी को विषयमा भ्रम फैलाएको प्रसार्इको दाबी छ ।

स्वास्थ्य सेवा मानिसको मौलिक हक र नैसर्गिक अधिकारसँग जोडिएकोले हाम्रो जस्तो गुणस्तरीय सेवा पाउन अन्य स्वास्थ्य संस्थामा बुझाउनु पर्ने सेवा शुल्क तुलना गर्न चुनौति समेत दिए । साथै मानवीय जीवनसँग गाँसिएको स्वास्थ्य क्षेत्रमा यस्ता मानवीय हित विपरितका अफवाह नफैलाउन उनले आग्रह गरे ।

यसैबीच अस्पतालले आजैबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन समेत सुरु गरेको अस्पतालका जनसम्र्पक अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर