Aamsanchar

डुमजोर खोलामा डुबेर बालिकाको मृत्यु

Author Image
शुक्रवार, असार २, २०७४

राजविराज ।

सप्तरीको कृष्णसवरण गाउँपालिका–३ स्थित डुमजोर खोलामा डुबेर आज बिहान एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय मनोज शर्माकी पाँच वर्षीया छोरी लक्ष्मीकुमारी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझदेखि घरबाट अचानक हराएकी बालिकालाई खोजी गर्ने क्रममा घर नजिकै रहेको डुमजोर खोलाको पानीमा डुबेरको अवस्थामा आज बिहान फेला परेको प्रहरी चौकी, पकरीले जनाएको छ । उनी खेल्दाखेल्दै पानीमा डुबेको हुनसक्ने बताइएको छ ।
यता शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल असपतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर