Aamsanchar

मुलकको विकास तथा समृद्धि गर्न काँग्रेस नेतृत्वको आवश्यकताः डा महत

Author Image
शनिवार, असार ३, २०७४

पाँचथर ।

नेपाली काँग्रेसका नेता डा रामशरण महतले गरिब विपन्न जनताको जीवनस्तर उकास्न र मुलकको विकास तथा समृद्धि गर्न स्थानीय तहमा पनि काँग्रेस नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।

पाँचथर र इलामको सिमानास्थित राँके बजारमा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसका उम्मेदवारले मात्रै मुलुकको विकास र समृद्धि गर्न सक्ने भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा पाटीका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गर्नुभयो ।

नेता डा महतले राँके–रवि हुँदै भेडेटार जोड्ने सडकको कालोपत्रेका लागि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेको बताउँदै अब यस सडकको निर्माण कार्य चाँडै थालिने र समयमै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, जिल्ला सभापति नरेन्द्रकुमार केरुङ र जिल्ला सचिव वृजहाङ आङदेम्बे लगायतले स्थानीय तहको निर्वाचन, विकास र काँग्रेस नेतृत्वको भूमिकाका बिबिध पक्षमाथि प्रकाश पार्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर