Aamsanchar

निर्वाचन सफल पार्न सुरक्षाको कमी हुँदैन :गृहमन्त्री

Author Image
आइतवार, असार ४, २०७४

रुकुम ।

गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताउनुभएको छ ।

आज बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागे पनि उनीहरु असफल भएको बताउनुभयो । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि २ नं प्रदेशमा केही समय निर्वाचनको मिति सारिएको गृहमन्त्री शर्माको भनाइ छ ।
स्थानीय ऐन संशोधनपछि त्यसलाई कार्यान्वयन गर्न लागि केही समय चाहिने र वर्षाको सुरुआत भएका कारण असोज २ गते सरकारले त्यस प्रदेशमा निर्वाचन सफल बनाउने बताउनुभयो । “ऐन संशोधन भएपछि राष्ट्रिय जनता पार्टीले पनि निर्वाचनमा सहभागी हुन सहज हुने छ” मन्त्री शर्माले भन्नुभयो, “आज उम्मेदवारी दर्ता हुने स्थानमा राजपाले उम्मेदवारी दिने मैले विश्वास लिएको छु ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर