इलाम ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
इलाम नगरपालिका–१२ का लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार घोषणा गरिएका नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन् ।
सो पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र, इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिनुभयो ।
उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ । वडाध्यक्ष राईको मोबाइलमा फोन लागे पनि फोन नउठेको माओवादी केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 132