Aamsanchar

खोटाङमा मनोनयन दर्ता गर्न समय बाँडियो

Author Image
आइतवार, असार ४, २०७४

खोटाङ ।

आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्न खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा दलबीच समय बाँडिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई समय विभाजन गरेको हो ।

मनोनयन दर्ताका लागि नेकपा (माओवादी केन्द्र)लाई बिहान ८ बजेदेखि ८.४५ बजेसम्म, नेकपा (एमाले) लाई ९ बजेदेखि ९.४५ बजेसम्म, नेपाली काँग्रेसलाई १० बजेदेखि १०.४५ बजेसम्म, राप्रपालाई दिउँसो ११ बजेदेखि ११.४५ बजेसम्म, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई १२ बजेदेखि १२.४५ बजेसम्म, नेकपा (माले)लाई १ बजेदेखि १.४५ बजेसम्म र खम्बूवान् राष्ट्रिय मोर्चालाई २ बजेदेखि २.४५ बजेसम्मको समय छुट्याइएको छ ।

मनोनयन दर्ताका क्रममा हुने अनियन्त्रित भीड नियन्त्रणका लागि दललाई समयको पालो बाँडिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

स्वतन्त्र उम्मेदवारलाई भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा मनोनयन दर्ता गर्न पाउने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि सहज तरिकाले फरकफरक समयमा मनोनयन गर्ने तयारी भएको छ ।

आगामी निर्वाचनका लागि जिल्लामा १२ दल दर्ता भएका छन् । एक लाख १५ हजार ६४४ मतदाता रहेको खोटाङमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर