Aamsanchar

अर्जुनधारा एमालेद्धारा सबै संगठन परिचालन

Author Image
आइतवार, असार ४, २०७४

खुदुनाबारी,


अर्जुनधारा नेकपा एमाले नगर चुनाव प्रचार प्रसार समिति सचिवालयले नगरका सबै तह तप्काका संगठनलाई ससक्त परिचालन गदै विविध निर्णय गरेको छ ।

चुनाव प्रचार प्रसार समितिका संयोजक बृख प्रधानको अध्यक्षतामा बसेको उक्त सचिवालय बैठकले पार्टीका गतिविधिलाई अत्यन्तै प्रभावकारी बनाउने उदेश्यले विविध निर्णय गरेको हो ।

जसमा असार ४ मा निर्वाचन आयोगमा उम्मेद्धारी दर्ताको दिन प्रत्येक वडाबाट १ सय जना भन्दा बढी कार्यकर्ता पंक्ति उपस्थित गराउने बताइएको छ । त्यस्तै बृद्धिजिवि तथा कर्मचारी भेला साथै एकता कायम गर्ने शिक्षक,कर्मचारी,संघसंस्थाका प्रतिनिधिलाई परिचालन गर्ने उदेश्यले संयोजक पुण्य सुवेदीलाई तोकिएको छ भने सदस्यमा राम कुमार आछामे रहनु भएको छ । त्यस्तै नगरभित्र वाणिज्य,उद्योग,घरेली उद्योग,पत्रकार,वकिल,वैदशिक रोजगार भुगोल बाहिर रहने मतदाताहरु समेत परिचालन गर्नका लागि संयोजक कमल बराल सहित सदस्यहरु लवकुश गौतम र दिपक दुलाल र गोविन्द्र खतिवडालाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै महिला स्वास्थ्य स्वयसेविका स्वास्थ्य कर्मीहरु बालबालिका सहयोगी पण्डित,ज्योतिषि,पशुसेवा कार्यकर्ता,मिटर रिडहरु लगायत अन्य पेशामा आम्बद्ध रहने व्यक्तिहरुलाई परिचालन गर्नका लागि संयोजक भोला परियारलाई तोकिएको छ । त्यस्तै रिक्सा,ठेला मिल,गाडा श्रमिक सिकर्मी,डकर्मी र अन्य सबै मजदुर वर्गहरुलाई परिचालन गर्न उदेश्यले सन्त राईलाई संयोजक तोकिएको छ भने सहसंयोजक एकदेव खनाललाई तोकिएको छ । सदस्यहरुमा क्रमश छवि काफ्ले,केशव पौडेललाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै क्युपेक नेपाल संस्थालाई संचालन गर्न संयोजक देउकुमार राई र सदस्य प्रेम सागर सापकोटालाई तोकिएको छ भने प्रचार प्रसार समितिलाई सूचना प्रवाह गर्ने संयोजक पुण्य सुवेदी सहित सदस्यहरुमा सागर खरेल,लक्ष्मी चौलागाई,लवकुश गौतम,देशबन्धु ढुङगेललाई जिम्मेवारी तोकिएको एमाले नगर कमिटिले जनाएको छ । त्यस्तै विभिन्न धर्ममा आबद्ध हुनुभएका तथा धार्मीक संघसंस्थालाई परिचालन गर्न संयोजक बृख प्रधानलाई तोकिएको छ भने सहसंयोजकमा अम्बर राई रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा डेगनाथ खतिवडा,प्रदिप उपरखुटी,बधुराइ हेमरम,मनोज गोम्देन,आशिष मण्डल,दिलिप गुरुङलाई जिम्मेवारी तोकिएको छ । यता आन्तरिक विवाद र गुनासे सुन्ने समितिको संयोजकमा प्रेम बहादुर गिरीलाई जिम्मेवारी तोकिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर