Aamsanchar

‘यो वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष’: वरिष्ठ नेता खनाल

Author Image
आइतवार, असार ४, २०७४

इलाम ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले यो वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष हुने बताउनुभएको छ ।

रोङ गाउँपालिकामा आज आयोजित चुनावीसभामा उहाँले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले “चुनावपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ र यसका लागि एमालेको नेतृत्व आवश्यक छ,” भन्दै जनताको चाहना एमालेलाई देशकै ठूलो पार्टी बनाउने रहेकाले अब एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

पर्यटनको अनेकौँ सम्भावना बोकेको इलामलाई देशकै नमुना बनाउन एमालेले पहल थालेको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर